Nepal Flag
"Would you Like to Post any thing related to This blog you can send E-mail to me guidedinesh@gmail.com or dinesh_tamang33@yahoo.com"तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः guidedinesh@gmail.com or dinesh_tamang33@yahoo.comतपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

छाला चिलाउने रोग बाट बच्ने केहि उपायहरु



जाडोको मौसममा हावामा हुने कम आद्रता र सुख्खापनको करणले अधिकांस मनिसहरुको छाला सुख्खा हुनुका सथै फुस्रो हुने र चिलाउने समस्य पनि उतिकै हुन्छ 
छाला सुख्खा र फुस्रो भै चिलाउने भएकोले यसलाई 'विन्टर इचिङ' पनि भनिन्छ ।

  जाडो मौसम बढि सुख्खा हुन्छ र छालालाई चाहिने चिसोपनको पनि कमि हुन्छ । यस्तो अवस्थामा छाला बढि फुस्रो हुन जान्छ । उक्त विस्वविद्यालयका छाला विशेषज्ञहरुले यो मौसमको लागि निम्न लिखित उपायहरु अपनाएर छालालाई दुरुस्त राख्न सकिन्छ 

 १) दैनिक चिसो बनाउने : यो मौसम अन्य मौसम भन्दा बढि सुख्खा हुने भएकोले छालालाई आवश्यक पर्ने चिसो पन्(मोस्चराइजर)को पनि अभाव हुन जान्छ जस्को कारण छाला बढि सुख्खा र फुस्रो हुन्छ । यसबाट बच्नको लागि छालालाई आवश्यक पर्ने चिसोपन बनाइ राख्नु पर्छ। यसको लागि दैनिक रुपमा नुहाउने बितिकै मोस्चराइजिङ् क्रिमको प्रयोग गर्नु पर्छ ।

 २) क्लिन्जिङ् : क्लिन्जिङ वा छाला धुनुले पनि छालालाई सफा र चिसो बनाइ राख्न मद्दत गर्छ तर अत्यधिक क्लिन्जिङ् गर्नु हुँदैन। बढि चिसोले पनि छालालाई बिगार्छ । हात खुट्टा दैनिक धुँदा साबुन वा क्लिन्जरको प्रयोग बढि गर्नु पनि हुँदैन ।

 ३) तातो पानी र साबुनको कम प्रयोग : जाडो मौसममा तातो पानीको बढि प्रयोग गरिन्छ तर बढि तातो पानीको प्रयोगले छालालाई बिगार्छ । त्यस्तै गरी साबुनको प्रयोग पनि गर्नु हुँदैन । साबुन र तातो पानी बढि प्रयोग गर्नाले छाला झन बढि फुस्रो हुन्छ ।

 ४) आद्रता : सुख्खा हावाले छालाको चमकलाई नष्ट गरी फुस्रो र पाप्रा उप्कने हुन्छ । यस्तो अवस्थामा कोठाको आद्रतामा मात्र बस्नु पर्छ । साथै कोठा तातो बनाउने हिटर तथा अन्य उपकरणको पनि सहि प्रयोग् गर्नु पर्छ । यो मौसममा बाहिरको हावामा नबस्नु नै उत्तम हुन्छ ।                                                                                                                                                                                                                          

 ५) अत्यधिक चिसोबाट बच्नु :  चिसो मौसम झनै चिसो हुनु स्वाभाविक हो तर अत्यधिक चिसोमा बस्नु छालाको लागि मात्रै होइन शरिरको लागि पनि हानिकारक हुन्छ । अत्यधिक चिसोले जिउ कठांग्रिने तथा मुटुको धडकन पनि रोकिन सक्छ । 

 ६) घाममा धेरै बस्न हुँदैन : जाडो मौसममा घाम प्यारो हुन्छ । केहि बेर घाममा बस्नु फाइदाजनक भएपनि अत्यधिक घाममा बस्नाले छालालाई असर गर्दछ । घामको किरणमा हुने पाराबैजनिक किरणले छालालाई बिगार्दछ । लामो समयसम्म घाममा बस्नु परे सनस्क्रिनको प्रयोग गर्नुपर्छ। 

 ७) भिटानिन डि को प्रयोग : भिटामिन डि को प्रयोगले छालालाई तन्दुरुस्त र चम्किलो बनाइराख्न मदत गर्छ । घामको किरणबाट पनि यो प्राप्त गर्न सकिन्छ । तर जाडो मौसममा लामो समयसम्म पनि घाम नलाग्ने वा घाममा बस्न नपाइने हुँदा भिटामिन डि को प्रयोग उपयुक्त हुन्छ ।

0 comments for "छाला चिलाउने रोग बाट बच्ने केहि उपायहरु"

Leave a reply

DineshTamang.com.np भ्रमण गर्नु भएकोमा यहाँहरु लाई मुरी-मुरी धन्यवाद् छ। कृपया फेरिपनी DineshTamang.com.np चियाउदै गर्नुहोला। तपाईंको दिनहरु सधैं शुभ-रहोस्। धन्यवाद् ।

Sorry

Enter your email address:

Most Popular

Search In This Blog

Popular Posts

Tag Cloud

Recent News