Nepal Flag
"Would you Like to Post any thing related to This blog you can send E-mail to me guidedinesh@gmail.com or dinesh_tamang33@yahoo.com"तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः guidedinesh@gmail.com or dinesh_tamang33@yahoo.comतपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

खानुस यी ५ खानेकुरा चश्मा कहिल्यै लगाउनु पर्दैन..

Posted by Unknown on | 0 comments | Leave a comment...

आँखा हाम्रो शरीरको सबैभन्दा महत्वपुर्ण ,संबेदनशील र अभिन्न अँग हो । त्यसैले गर्दा हाम्रो आँखाको हेरचाह राम्रो सँग गर्नु पर्छ। आँखालाई सधै स्वस्थ्य राख्नको लागि भिटामिन र अरु पोषक तत्वोयुक्त खाना खाने गर्नु पर्छ। हामीले समयमै आँखाको सहि हेरचाह गर्यौ भने सधैभरी आँखा स्वस्थ्य राख्न सकिन्छ। आउनुस पढ्नुस आँखालाई स्वस्थ्य राख्ने तरिका र तिनका फाईदा...

१) हरियो सागसब्जी र फलफुल...
हामीले हाम्रो भान्सामा कहिले पनि छुटाउन नहुने हरियो साग सब्जी अनि फलफुलहरु जस्तै साग,धनिया हरियो लसुन ,हरियो तरकारी र फलफुल सधै खाने गर्नु पर्छ। यस्ले हाम्रो आँखालाई चाहिने पोषक तत्व प्रदान गर्दछ। हरियो तरकारी र फलफुलमा केरोटीनाइड मिल्दछ यसले आँखाको भित्री भागलाई स्वास्थ्य राख्दछ।

२) भिटामीन युक्त खानेकुराः
भिटामीन ए, बी,सी र ई युक्त खानेकुरा बढि खाने गर्नु पर्दछ । यस्तो खाना खानाले आँखा स्वास्थ्य त हुन्छ नै यसले आँखामा हुने मोतियाबिन्दुबाट पनि सधैका लागि मुक्त बनाईदिन्छ।

३) बदामः
बदाममा भिटामीन पाईने हुनाले ,सधै भरि राति बदामलाई पानीमा भिजाएर बिहान उठेर खाने गर्नाले पनि आँखालाई धेरै फाइदा हुन्छ।

४) माछाः
माछामा ओमेगा ३ फ्याटी यसिड पाईने हुँदा यस्ले आँखालाई धेरै फाईदा पुर्याउँदछ।एउटा ताजा खोजका अनुसार माछा खानाले आँखाको ज्योती राम्रो हुन्छ।

५) अण्डाः
अण्डामा ल्यूटिन व जीजेथिन् नामको तत्वबाट क्यारोटिनायड्सको निर्माण हुन्छ र यस्ले आँखाको कोषलाई धेरै फाईदा पुर्याउँदछ। त्यसैले दिनको एउटा अण्डा खानाले आँखा स्वास्थ रहन्छ।
DineshTamang.com.np भ्रमण गर्नु भएकोमा यहाँहरु लाई मुरी-मुरी धन्यवाद् छ। कृपया फेरिपनी DineshTamang.com.np चियाउदै गर्नुहोला। तपाईंको दिनहरु सधैं शुभ-रहोस्। धन्यवाद् ।

Sorry

Enter your email address:

Most Popular

Search In This Blog

Popular Posts

Tag Cloud

Recent News