Nepal Flag
"Would you Like to Post any thing related to This blog you can send E-mail to me guidedinesh@gmail.com or dinesh_tamang33@yahoo.com"तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः guidedinesh@gmail.com or dinesh_tamang33@yahoo.comतपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

साँचो माया

Posted by Unknown on | 0 comments | Leave a comment...

यो कथा साँचो माया गर्ने एक प्रेमी र प्रेमीकाको हो । जसको नाम सागर र सपना थियो । सागर र सपना एक अर्कालाई असाध्य माया गर्दथे । सागर र सपनाको पहिलो पटक भेट क्याम्पसमा भएको थियो । जहाँ सागर आफ्नो अगाडीको अध्ययन गर्न आएको थियो । सपना सागर संग केहि बोल्न खोज्छ तर सागर भने केहि नबोली हिड्छ र सपना भने उसलाई हेरि रहन्छिन् ।
सपना करोडपति वावु की एक्ली छोरी हुन्छे तर उसमा धनको कुनै घमण्ड हुदैन । उ अरु केटीहरु जस्तै सरल र चञ्चल स्वभावकी थिईन । सपनाले पहिलो भेटमा नै सागरलाई मन पराउन थाल्छिन् । सागर भने गरिब आमाको एक्लो छोरो थियो । उ शान्त स्वभावको थियो त्यसैले होला सपना सागर भने पछि भुतुक्कै हुन्थिन । तर सागर भने सपनासंग टाढिन खोज्थ्यो । क्याम्पसमा सागर नयाँ थियो त्यसमाथि पनि गाँ उबाट आएको उसलाई सबैले गिज्याउथ्यो तर सपना मात्र थिईन की उसलाई केहि भन्दिन थिईन, सागरकै पक्षमा बोल्थीन । जसले गर्दा सागर र सपनामा घनिष्ट मित्रता हुन पुग्यो । विस्तार विस्तारै उनिहरुको मित्रताले प्रेमको रुप लिन थाल्यो र मित्रता प्रेममा परिणत भयो । सागर र सपना एक अर्कालाई एक छिन पनि नदेख्दा पानी बिनाको माछा छटपटे झै छटपटिन्थे । संगै हिडेने बस्ने गर्न थाले । उनिहरुलाई एक अर्का बिना वाँच्न मुस्किल भयो । उनीहरुको यस्तो गाढा र साँचो माया देखेर साथीहरु ईष्र्या गर्थे र भन्थे सागर र सपना जस्तो एक अर्कालाई साँचो माया गर्ने प्रेमी हामीलाई पनि पाए हुन्थ्यो ।
सागर र सपनाको प्रेम कहानी चलेको एक वर्ष भई सकेको थियो कि अचानक सागरको हातमा एउटा पत्र पर्छ, जसमा लेखिएको थियो सागर तेरो आमा साह्रै विरामी छ । तँ जसरी पनि घर आइज । पत्र पढ्नासाथ सागर गाँउ फर्कने तयारी गर्छ र घर फर्कन्छ । गाँउ फर्कने बेलामा सागरको सपनासंग भेट हुन पाउदैन । उता सागर घर पुग्दा आमाले प्राण त्यागि सकेकी हुन्छीन । यता सपना सागरले केही नभनी यसरी हराएकोले उ पानी बिनाको माछी झै छटपटि रहेकी हुन्छिन । त्यसैबेला उसको हातमा एउटा पत्र पर्छ, जुन पत्र सागरले सपनालाई पठाएको हुन्छ । पत्रमा सागरले आफु एक्कासी हराउनु परेको कारण र आफु आउन अझ एक महिना लाग्ने कुरा उल्लेख गरेको थियो । सपनालाई सागर बिना एक दिन त काट्न मुस्किल भएको बेला एक महिना सागरको अनुपस्थितिमा आफ्नो जीवन विताउनु पर्दा दश वर्ष बिताउनु परेझै लाग्न थाल्यो । विस्तार–विस्तारै सपनाको सपनाको पर्खाईको घढी पनि सिद्धयो ।
यता सागर आफ्नो सम्पूर्ण काम सिध्याएर सपनालाई भेट्ने खुशीले रम्दै शहर आउछ । शहरमा आउनासाथै सपनाको विषयमा साथीहरुसंग कुरा गर्छ । सपनाले त आजै अरुनै केटासंग विवाह गरिन भन्ने समाचार उसको साथीहरुले सुनाउछ । यस्तो खबर सुन्नासाथ उ हागाबाट खसे जस्तो हुन्छ । संगै वाच्ने, संगै मर्ने खाएको कसम यति छिट्टै तोडेर जान सक्दैन भनि उ त्यहाबाट सपनाको घर तर्फ जान्छ । जाँदा–जाँदा बाटोमा उसले एउटी केटी र केटा वेहुली र वेहुलाको भेषमा आफुतिर आएको देख्छ, अलि नजिक आएपछि उसले त्यस केटीलाई चिन्छ । त्यो केटी अरु कोहि नभई आफैले चाहेको सपनापो रै’छ । आफु अगाडी आफुले प्राण भन्दा बढी माया गरेको आफ्नो प्रेमिकाको त्यस्तो रुप देखे पछि उसलाई बाँच्नुको कुनै अर्थ रहेन र उ नजिकको पोखरीमा हाम फाल्छ । त्यसपछि सपना कराउछिन, पोखरीमा मान्छे डुब्यो बचाउ.....बचाउ.......बचाउ.... । केहि बेर पछि केटाहरुले चाल पाई सागरलाई खोलाबाट बाहिर निकाल्छ । सपनाको आँखाभरी आँसु आउछ । उनी रुदै भन्छिन तिमीले यो के गरेको सागर ? सागरले जवाफ दिन्छ, तिमी किन रोएकी ? तिमी त आज खुशी हुनुपर्ने हो किनकी तिम्रो त आज विवाह भएको छ । म तिम्रो को हुँ र ? सपना तर्सिन्छीन । उसले सागरलाई सम्झउछे । सागर मैले कैसैसंग विवाह गरेको छैन । यो त मैले नाटक गरेकी हुँ , तिम्रो माया जाच्नकोलागि हामी साथीहरु मिलेर नाटक गरेको । मलाई के थाहा ?, कि तिमी मलाई आफ्नो प्राण भन्दा पनि बढी माया गर्छौ भनेर नत्र म आफ्नो प्राणको परिक्षा लिने थिईन । सपनाको यस्तो भनाई सुनी सागरले सपनालाई भन्छ, अब उप्रान्त मसंग यस्तो नाटक नगर । नत्र तिम्रो यो प्राणले यो संसार छाड्ने छ । यति भन्न नपाउदै सपनाले सागरको मुख थुन्दिनछिन । त्यस पछि दुवै जना मिली आ–आफ्नो कोठा फर्कन्छ ।
सागर र सपनाको सम्पूर्ण प्रेम कहानी सपनाको बुवाले चाल पाउछ र सपनाको विहेको कुराकानी अन्तै चलाउन थाल्छ । सपनाले आफ्नो बुवालाई आफुले सागरलाई मन पराएको र उसैसंग विवाह गर्ने निधो गरको कुरा सुनाउछिन । तर सपनाको बुवाले यी दुवै माया गर्ने प्रेमीको बीचमा धनी र गरिबको ठूलो पर्खाल खडा गरिदिन्छन । बुवाको अगाडी केही जोड नचले पछि सपनाले सागरलाई भागेर जाने आग्रह गर्छिन तर सागरले भने मान्दैन । उसले सपनालाई सम्झाउछ, हेर हामी एक अर्कालाई साँचो माया गर्छौ किन डराउने ? म तिमीलाई तिम्रो बुवासंग मागेर विवाह गर्छु । तिमी आफ्नो घर जाउ भनि सपनालई घर पठाउछ । यता सपना घर पुग्दा उसको विवाहको कुरा अन्तै छिनोफानो गरिसकेको हुन्छ र दुई दिन पछि उसको विवाहको मिति पनि तोकिन्छ ।
सागरले सपनाको विवाहको कुरा छिनियो भन्ने चाल पाएपछि उ सपनाको घर जान्छ उसको हात माग्न । तर त्यहाबाट अपमानित भई फर्कनु पर्छ, आफ्नो अगाडी आफ्नो प्रेमीको अपमान भएको र उ बीना बाँच्नु पर्ने हुदा उ बीना बाँच्नु भन्दा मर्नु उचित ठानी आफ्नो कोठमा गई सागरको फोटो हेरी मलाई माफ गरि देउ सागर म यो जुनीमा तिम्रो हुन सकिन म तिमीलाई छाडेर यो संसारबाट जादैछु । म तिम्रो वाहेक अरु कसैको भई बाँच्न चाहान्न भनि विष सेवन गर्छिन । उसले विष सेवन गरेको आमा–बुवाले चाल पाई सपनालाई अस्पताल पु¥याउछन । उता सागर सपना बीना विछोडी बाँच्नु भन्दा मर्नु उचित भनि उ पनि मर्ने निष्कर्षमा पुगि नजीकको औषधी पसलमा गई किरा मार्ने औषधी लि फर्कीदा सागरले सपना विष सेवनबाट घाईते भई अस्पतालमा लगेकोछ भन्ने चाल पाउछ । त्यसपछि उ स्वाँ –स्वाँ र फ्वाँ –फ्वाँ गर्दै अस्पतालतीर दौडन्छ । अस्पताल पुगेपछि होश नआए सम्म सपनाको केहि भन्न सकिन्न भन्ने डाक्टरबाट सुन्छ र सपनाको बेडमा गई भक्कानो फुट्ने गरि रुन्छ सपना तिमीले मलाई एक्लै छाडेर जान सक्दैनौ भन्दै रुदै गर्छ । सपनालाई होश नआएको देखी सपना म बाट विछोडीने पिडाले आत्महत्या गरिन् म किन बाँच्ने भनि हातमा रहेको किराको औषधी पिउछ जसबाट सागरको मृत्यु हुन्छ ।
सागरले प्राण त्यागेको केहि वेरपिछ सपनालाई होश आउछ, होशमा आउनासाथ उसले सागरलाई नै खोज्छीन जब सागरलाई आफु समक्ष प्राण त्यगेको उनले देख्छिन , अनि उनी पनि सागर भनि जोडले कराई अंकमाल गर्छीन र आफ्नो प्राण त्याग्छिन । यसरी साँचो माया गर्ने प्रेमी र प्रेमीका बाचुन्जेलसम्म संगै रहे र मर्ने बेलामा पनि संगै मरे । एक अर्का विना बाँच्नु भन्दा संगै एक अर्काको साथ रहने गरि प्राण त्यागे ।

कथा माया

Posted by Unknown on | 0 comments | Leave a comment...

........................"म रुपेश कहाँ पुगेर आउछु, केही जरुरी कुरा गर्नुछ । शायद दुई घण्टा जतिमा फर्किन्छु होला । " जीवनले आफ्नी श्रीमती ज्योतिलाई यति कुरा बताउदै मध्यान्हको चर्को घाममा सरासर हिड्यो । संयोगबश बाटैमा जीवनको रुपेशसँग भेट भयो । आवश्यक कुरा गरेर उ २० मिनेटमै घर फर्कियो । उ सरासर आफ्नो कोठामा आयो र ढप्काइएको ढोका ठेलेर भित्र पस्यो । तर त्यहा श्रीमती ज्योति र भद्रमान यौनक्रिडा गरिरहेका थिए । सो दृष्य देखेर जीवन किंकर्तब्यविमुढ भयो । आँखाहरुले धोका दिएको आभाष भयो । मनले केही ठोस् निर्णय लिन सकेन । सपना देखेको झझल्को भयो ।

अप्रत्याशित रुपमा जीवनलाई कोठामा देखेर दुबैजना सम्हालिए तर उनिहरु नग्न अवस्थामा थिए । शरीरमा कपडाको धरो पनि नभएकोले भुईमा थुपारेको कपडा लिन हात बढाउनु आगावै जीवनले भुइको कपडा टिपेर बाहिर आगनमा हुर्याइदियो । स्वास्नीको चर्तिकलाबाट हिनताबोध भएको जीवनको शरीरमा रिसको पारो उग्र भएर चढ्यो । आफुलाई साक्षात यमराजको रुपमा उभ्याएर हतारमा यौनपिपासुहरुले लगाउन बिर्सेंको ढोकाको आग्लो समायो अनी बम्क्यो - "थुईक्क रण्डी , कलंकिनी , यही जात्रा देखाउन मलाई अस्पताल लगी २-२ महिना सेवा गरेर बचाएको ? वेश्या , मलाई पहिल्यै घाँटी कसेर किन मार्न सकिनस र अहिले जिउदै मरेतुल्य बनाइस ?" उसले श्रीमतीलाई खुब भकुर्यो , कपाल जगल्ट्यायो , लात बजार्यो । रगतको भल बग्ने गरी हानेर थिलथिलो पार्यो ।

"गुहार गुहार ज्यान मर्न आट्यो, बचाउ!" आफुलाई समेट आईपर्नसक्ने प्रहारबाट त्रसित भएर भद्रमान सहयोगको लागि चिच्यायो । भुइँमा लडेर चित खाएकी ज्योति भने पानी पानी भन्दै बर्बराउन थाली । जीवनका हातखुट्टा निस्कृय भएर ज्योतिमाथि खनिन छाडे । भद्रमानले घरबाहिर कतै वन, जङ्गल, धारा, एकान्तस्थलमा जवर्जस्ती बलात्कार गरेको थिएन । त्यसैले जीवन भद्रमानमाथि जाइलागेन । आफ्नो घरमा मध्य दिउँसो त्यस्तो कार्य गर्नु सबै दोष स्वास्नीको थियो । स्वास्नीलाई त्यही अवस्थामा मार्न सक्दथ्यो तर उसले मार्न चाहेन, भोली कानुनी बन्धनबाट आफुमाथि आईपर्ने ब्ववधानहरुबारे उ पूर्ण परिचित थियो ।

उसले बिज्ञान बिषयमा पहिलो श्रेणीमा अमेरिकाबाट एम. ए. पास गरेको थियो । बिज्ञानका अनेकौ अनौठा र आस्चर्यजनक आविष्कारहरु गर्न सफल थियो जीवन । गरीब र जेहेन्दार विद्यार्थीको रुपमा छात्रबृत्ति पाएर अध्ययन गर्न अमेरिका पुगेको जीवनलाई राजनैतिक खिचातानीबाट छात्रबृत्ति समाप्त पारेर स्वदेश झिकाइएपछि उसका अध्ययनहरु पुरा हुन पाएनन । नयाँ अनुसन्धानको क्रम पनि आर्थिक समस्याले गर्दा त्यसै बिलाएर गएको थियो । जतिबेला जीवनलाई जागिर खान आजन्म अयोग्य घोषित गरिएको थियो, त्यति बेलादेखि नै बिज्ञानका अनुसन्धानात्मक आविष्कारहरु नगर्ने प्रण गर्दै किसान भएर गाँउमै जिन्दगी बिताइरहेको थियो ।

गुहारको शब्द सुनेर आएका छिमेकीहरु लाठा र मुग्रा बोकेर कोठा भित्र पसे तर त्यहाको दृष्य देखेर सबै चुपचाप रहे । ज्योति र भद्रमानको दिगम्बर भेषको अर्थ बुझ्न निमेषभर लागेन तिनिहरुलाई । थुइक्क 'अगतिनी नकचरी' भन्दै आगनमा मिल्काइएका कपडाहरु छिमेकीहरुले भित्र हुर्याइदिए ।

लुगा लगाएर भद्रमान बाहिर आयो , मानौ कुनै कालखण्डबाट बाँचेर आए जस्तो थियो । चुपचाप अगाडि बढ्यो र केही क्षणमै अदृष्य भयो । उसको बारेमा कसैले कुनै टिप्पणी गर्ने आँट गरेनन किनभने उ गाउँको प्रतिष्ठित साहु ईन्द्रमानको छोरा थियो । त्यहा रमितेहरुको कुनै ठुलो मेला लागे जस्तै जात्रा थियो ।

"कस्ती अलच्छिनी रहिछ? यो गाउँको अब के इज्जत रह्यो र ? यो त गाउँकै कलंक हो, यस्तीलाई त वेष्यालय पठाउनुपर्छ । यसलाई गाउँमै रहन दिए हाम्रा छोरीचेली बिग्रन के बेर ?"- रमितेभित्रका नारीआवाजहरु गुण्जिरहेका थिए ।

"के गर्छस ए जीवने यो अलच्छिनीलाई ?"- पण्डित वेदनिधिको आवाजले कोलाहलपूर्ण बातावरणमा सन्नाटा छायो ।

- "के गर्नु नि अब यस्ती लबस्तरीलाई, छोड्पत्र गरिदिनुपर्‍यो, जोसुकैसँग मरोस ।"

"हो हो , जीवन नानीले भनेको ठीक हो , यस बेस्सेलाई त रण्डिकोठी पुर्‍याउनु पर्छ" - शुभद्रा बज्यैले आफ्नो तिक्तता पोखिन । पण्डित्नी आमाले आश्वासन दिदै भनिन - "यसलाई अबचाँही यो गाउँमा राख्नुचाँही हुन्न है , जीवन नानीको लागि कती चोखी कन्याहरु यही गाउँमा पाईन्छन ।"

"ठिकै त हो यसले गती छोडि भन्दैमा त्यसै बस्ने पनि कुरा त भएन नि , बिहे त गरिहाल्नुपर्छ" - मुखियानी आमैको राय थियो ।

"लौ साँझ पनि परिसक्यो , बिहान सबै भेला भएर छुटानाम गरिदिउँला " - पण्डित बाले सभा नै विसर्जन गरिदिए । "हात नछाडेस नि मर्ली" - पर पुगिसकेका पण्डित बाले जीवनलाई सम्झाए । अघिको बिशाल भिड सबै शुन्य भयो ।

आजसम्म कहिल्य भोकै सुतेको निवन्लाई थाहा थिएन । घरभित्र आगो र बत्ती नबलेको उसलाई सम्झना भएन तर आजको साँझ आगो बत्ती बलेन जीवनको घरमा , भोकै सुत्यो । कोल्टे फेर्यो , निदाउने प्रयास गर्‍यो , अहँ निदाउनै सकेन । भोको पेटले निन्द्रालाई भगाईदियो , कल्पनामा लिन भयो ।

"आखिर मलाई ज्योतिले किन ढोका दिई?" - प्रश्न उब्जियो ।

उ विवाह अगाडिको भुतकालमा प्रवेश गर्‍यो । एक-आपसमा गरेका प्रेम-प्रसंगका बाचाहरु र कसमहरु ताजा भएर आए उसको मानसपटलमा । "ज्योति, तिमीलाई त मैले आफ्नो बनाइसके, मन मन्दिरमा सजाइसके, तिम्रो अन्तिम निर्णय के छ ?" , "जीवन तिमीविना म एक पल पनि रहन सक्दिन, म तिम्रो साथ रहेर तिम्रो सुख दु:खमा साथ दिन चाहन्छु , तिम्रो प्रेममा म पागल हुन आँटिसकें" , "के यो हाम्रो प्रेम खुशी सधैंभरि रहला ? भोली तिमीले कतै धोका दियौ भने ?" यो प्रश्नसङै ज्योतिका आँखामा टिलपिल आँसु छचल्किएका थिए , त्यतिखेर उ निकै उदास देखिन्थी र भन्थी - "लाख-लाख कसम जीवन, यो कुरा म सपनामा पनि सोच्न सक्दिन । यो जन्म त के सात जन्मसम्म पनि म तिम्रै हुन चाहन्छु र तिम्रै हुँ ।"

विवाहित जीवनपछिका ज्योतिका खोटहरु केलाउने प्रयास गर्‍यो जीवनले । गहिरिएर सम्झियो । एक रत्तिभर उसको खोट भेटेन । उ सर्वगुणसम्पन्न थिई । बत्तिसै लक्षणले युक्त थिई । घर-व्यवहार, मान-सम्मान, स्वागत-सत्कार सबै ठीक थियो । गाउँलेहरु कुरा गर्दथे - "घर-परिवार त त्यस्तो होस् न जीवन र ज्योतिको जस्तो , खस्रो मसिनो केही छैन, साह्रै मिलेका परेवाको जोडीजस्ता ।"

जीवन नराम्रो सँग झस्कियो - "आखिर किन भद्रेसँग सल्कीइ त ?" उसले कुनै निर्णय निकाल्न सकेन , मस्तिष्क भारी भएर आयो । कतै ज्योतिलाई डरलाग्दो बाध्यता पो आईलाग्यो कि ? मलाई किन बताईन ? त्यस्तो अवस्था भएमा बताउने मौका पाईन कि ? पछि बताउने थिई कि ? जीवनको मनमा प्रश्न माथि प्रश्न उब्जियो - "त्यस्ती पतिव्रता नारी थिई , पक्कै दालमा केही कालो छ । " उसले अहिल्य गएर ज्योतिलाई वास्तविकता सोध्ने विचार गर्‍यो - "मेरो नजरमा ज्योति निर्दोष ठहरिई भने ?" उ पुन नराम्रो सँग झस्कियो , यहाँको समाज, गाउले, दिउसोका रमिते, भोलि ज्योतिलाई पुन आँफैले अपनाउनुपरेमा आफुउपर हुने छिछी र दुरदुर, सबैका मुखबाट निक्लिने व्यंग्यवाण आदि कुरा मनमा उब्जेकाले द्विविधामा पर्‍यो ।

मद्यरातमा अचानक उठेर उसले बत्ती बाल्यो । ज्योति लडेको ठाउँमा गयो । ज्योति एउटा निर्जिव काठको मुढा लडेझै भुईमा लडेकि थिई । शायद थिलथिलो भएको शरीरलाई विश्राम दिनको निमित उसका आँखा बन्द थिए । जीवनलाई स्वास्नीको माया उर्लेर आयो । उसलाई अहिल्यै गम्लङग अँगालो हालौ जस्तो भयो । आँखाबाट तपतप आँसु चुहिए । जीवन एउटा कोठामा गयो, जहाँ उसले आफ्नो अध्ययनको क्रममा केही अपूर्ण आविस्कारहरु थन्क्याएको थियो ।

बिहानै देखी जीवनको घरमा मानिसहरुको चहलपहल बढेको थियो । युद्द जितेको सिपाहीजस्तै सबै प्रसन्न मुद्रामा थिए । सयौं संख्यामा विवाहित महिला र पुरुषहरु उपस्थित थिए । बिसौं जना कुमारी केटीहरु आगनको केही पर गुनगुन गरिरहेका थिए । आगनको विचमा ओछ्याइएको राडिमा पण्डित बा, मुखिया, बहिदार, खड्का दाजु आदि लेखापढी गर्न बसेका थिए ।

"लौ अब काम कुरोतिर आउँ हैन ?" कागज कलम निकालेर चश्मा मिलाउदै गरेका पण्डित बाको आवाजले वातावरण शान्तमय बनाइदियो । उनले सबैको ध्यान केन्द्रित गर्दै भने - "देख्दिन नि नकचरिलाई, भित्रै मरेकी छ् लवस्तरी?" जीवनले भित्र गएर एक निर्जिव डोरी ताने सरह ज्योतिलाई घिसारेर ल्यायो । ज्योति थचक्क पिंढीमा बसी, अपराधिनी भएर, ढलपल ढलपल गर्दै भुँई हेरेर, उदास र कुरुप अनुरार लिएर । "हिजोदेखी ज्योति समाजमा अनुहार देखाउन लायक छैन , यस्ती पतित आईमाइको अनुहार एकाबिहानै हेरेमा अगति परिन्छ बुझ्यौ ?" - ८० बर्षिया बुढी हजुरआमाले आफ्नो तिक्त भाव पोखिन ।

"यस्तो लोग्नेलाई जिउदै मरेतुल्य पारी लवस्तरिले" - पण्डित्नी आमाले आफ्नो विचार व्यक्त गरिन ।" खडकिनी भाउजु भने यसरी बर्बराइन - "यसले त कति नाठा खेलाई खेलाई, हिजो मात्र भेटेको र पो, बरु गर्भमै तुहिनु नि ।" "अब चाँहि यो गाउँको ईज्जत रहेन" -वहिदार्नी बम्किईन ।

"सुनिस पापिनी समाजको कुरा ? ८० बर्षिया हजुर आमालाई कती घृणा उब्जेको छ तँदेखि ? तेरो व्यहोरादेखि । पण्डित्नी आमा पनि कती चिन्तित हुनु हुन्छ , अब हाम्रा छोरीचेली पनि बिग्रलान भनेर , थुक्क मोरी !" जीवनले ज्योतिको मुखैमा थुकिदियो । प्रतिकारको प्रश्न थिएन । देब्रे हातले आफ्नो अनुहारको थुक पुछी ज्योतिले । जीवनले ज्योतितिर हेर्दै भन्यो - "हेर, यो गाउँका आमा, दिदिबहिनी, छोरीचेलीहरु कती पवित्र, चोखा, निष्कलंक र पतिव्रता छन । आफ्नो लोग्नेको सतित्वमा कती अडिग रहेका छन , तँ रण्डीलाई अहिल्यै देखाइदिन्छु ।"

"जीवन डौडेर घरभित्र पस्यो । उ आफ्नो अधुरा आविष्कारहरु राखेको कोठामा गएर एउटा टेलिभिजन जस्तो यन्त्र हातमा बोकेर आयो । गोजिबाट २ जोडी ब्याट्री निकालेर यन्त्रमा लगायो । यन्त्रको स्क्रिन उज्यालो भएर आयो । यन्त्रलाई सबैले देख्ने गरी राख्यो र ज्योतिलाई तानेर उसका दुबै हात दुईटा एरिएलमा छुवायो ।

अचम्म, घोर अचम्म, स्क्रिनमा जीवनको तस्विरका साथ साथै भद्रमान र ज्योतिको आपत्तिजनक तस्विर देखियो । तुरुन्तै खडकीनि भाउजुको काखमा बसेकी ३ वर्षकी बच्चीलाई तानेर यन्त्रमा त्यसरीनै छुवाइदियो, जसरी त्योतिलाई छुवाएको थियो । स्क्रिनमा केही पनि देखिएन, स्क्रिन कालो भएर गयो । त्यहाँ कुनै मानव आकृति देखिएन ।

"देख्नुभो समाजका सबै यो यन्त्र नारीको सतित्व जाँच गर्ने यन्त्र हो । धेरै समय र परीश्रम लगाएर मैले बनाएको हुँ । जसलाई आज बिहान मात्र पूर्णरुपले बनाइसकेको हुँ । यहाँ भद्रे देखियो, कारण यो रण्डी भद्रेसँग सल्केकी थिई । पचासौ बर्ष अघिदेखीको आकृति आउछ यो यन्त्रमा । नारी जतिजना सँग सल्किएकी हुन्छे, त्यती जनाकै आपत्तिजनक तस्विर उतारिदिन्छ यो यन्त्रले । कसैले धोका दिन सक्दैन यस यन्त्रलाई" - जीवनले सबैलाई यन्त्रको वास्ततिकता बतायो ।

"ल हजुरआमा, तपाईं यो यन्त्र छोएर आफु पतिब्रता भएको प्रमाणित गरिदिनुहोस् त हेरुन सबैजना" - जीवनले ८० वर्षिया वृद्दाको हात तानेर यन्त्रमा छुवाउन खोज्यो ।

"ए बाबु मलाई त पिसाबले च्यापेको छ, गएँ है" - कुनै पहललानको जस्तो बल निकालेर जीवनको हातबाट आफ्नु हात खुस्काएर हजुरमामा हिडिन ।

- "पण्डित्नी आमा तपाईं आउनुहोस् त ।"

"हत्तेरिका केटाकेटीहरुलाई स्कुल पठाउनुपर्ने, हतार भयो" - पन्डित्नी आमा पनि फालहालिन ।

"भैसीलाई खोले पकाउनुपर्ने" - खडकिनी भाउजु पनि लुसुक्क निस्किन ।

"मुखियानी आमा, तपाईं आएर छोइदिनुहोस् त" - जीवनले आग्रह गर्‍यो ।

"ला मैले त मुलढोका नलगाइ पो आएछु" - मुखियानी फट्फटाइन ।

"बाच्छो छोडेको थिएँ, ला ! मैले त बाध्नै पो बिर्सेंछु" - बहिदार्नी पनि टाप कसिन ।

"यो लोग्नेस्वास्नीको आपसी कुरा के हेरिरहनु" - यन्त्रको एरियल छुवाउन ल्याइहाला कि भन्ने डरले सुशिला गुरुआमा पनि सुईँकिईन ।

केही क्षणमै सबै नारीहरु एक-एक बहाना बनाउदै चिप्लिए । माथिल्लो पट्टी बसेका पुरुषहरु कोही छैनन, चश्मा नलागाए आँखै नदेख्ने पण्डित बा र लौरो नटेकी हिंड्नै नसक्ने वहिदार बा पनि चश्मा र लौरो छोडेर कता हुईँकिए ? सबै बुझ्यो जीवनले, नबुझ्ने कुरा पनि थिएन । उ महान विद्वान बैज्ञानिक थियो । "के यि सबै नारीहरु ..." - जीवनले बिचार गर्‍यो ।

त्यत्रो बिशाल भिड सबै शुन्य थियो, थिए त जीवन, ज्योति र यन्त्र । ज्योति उदास भएर पिंढीमा बसिरहेकी थिई । ज्योतिलाई च्याप्प समाइ खाट्मा लगेर सुताइदियो । तातो दुध उमालेर १ गिलास खान दियो - "यो दुध खा" "तपाइ पनि खानुस्" - ज्योतिको कुनै ब्यङग थिएन । पछि खान्छु भनेर केही झर्किदै भुईँमा थ्याच्च बस्यो जीवन । ज्योतिले भनी - "माथी खाट्मै बस्नुभए ... ।" बोली पुरा हुन नपाउदै जीवनले भन्यो - "पर्दैन" । बलिरहेको आगो चुलोमा सार्यो । हिजोकै बासी पानी हालेर डेक्ची बसायो अनी चामल केलाउन लाग्यो । "के जान्नु हुन्छ र भात पकाउन ?" - उताबाट ज्योतिको श्वासमात्रको आवाज आयो । "चुपचाप सुतिराख म जान्दछु" - जीवनले आवश्यकता भन्दा चर्को स्वर गर्‍यो । उसले थालमा भात पस्किएर लिएर गयो ।

- "उतै गएर खान्छु नि ।"

- "सक्दिनस ।"

गिलासबाट पानी तानेर जीवनले ज्योतिको हात धोइ दियो । "तपाई पहिला खानुस् न" - ज्योतिले आफु पत्नी भएको महसुस गराई ।

पछि नै खान्छु भन्दै बटुकिमा दही, नौनिको डल्लो, अचारको पित्को हालेर जीवनले ज्योतिलाई भात खुवायो । "भाँडा त म आँफै माझ्छु है" - ज्योतिको आवाज आयो । "सक्दिनस ढल्किराख न ।" - भाडा मस्काउदै जीवन करायो ।

"म केही समय पछि आउछु सुतिरहनु, बाहिर ननिक्लनु, खाटमुनी चुठुवा राखीदिएको छु ।" ज्योतिलाई यती कुरा भनी ढोका ढप्क्याएर जीवन कतै हिड्यो । साँझ पर्न लागेपछि मात्र हातमा धेरै जडिबुटीहरु लिएर आयो । साँझको खाना खाए पछि मनतातो तेल लिएर ज्योति सुतेको ठाउँमा गयो । ज्योतिको शरीरमा मालिस गर्दै जीवन बोल्यो - "यो झोल घट्घटी पि, यसले दुखाई निको हुन्छ, रगत बडाउछ, तागत दिन्छ, घाऊ पुरिन्छ, कपाल उमार्दछ ।" जीवनले ज्योतिलाई सम्झाई बुझाईइ जडिबुटी, झोल, ओखतिहरु खुवायो । निकै बेर्को मौनता पछि जीवनले शान्ती भङग गर्दै सोध्यो - "आखिर तैले किन त्यसो गरिस ? मलाई किन धोका दिईस ?"

- "बाध्यताबश ।"

- "त्यस्तो बाध्यता के थियो ?"

- "तपाईको जिन्दगी बच्चाउन, तपाईंलाई मर्न नदिन ।"

- "कसरी ?" जीवन स्वास्नीको निश्छल भाव सुन्न उत्सुक भयो ।

- "तपाई बिरामी भएर अस्पातल पुर्याएपछि थाहा भयो, तपाईंको कालेजो बिग्रिसकेको छ र तुरुन्त अप्रेशन नगरे बाँच्न मुस्किल छ । अप्रेशन गर्न आवश्यक रु ३० हजार जम्मा गर्न नसक्दा यस्तो अवस्था आईलाग्यो ।"

- "त्यो त दुईमहिना अगाडिको कुरा हो ।"

- "त्यस अपराधीले शर्त राखेको थियो ।"

- "कस्तो शर्त ?"

- "उसले ३० हजार दिए बापत मलाई भनेको समय र स्थानमा म उपस्थित हुनु पर्ने र जम्मा दश पटक यस्तो गर्नु पर्ने बाध्यता खडा गरेको थियो ।"

- "मलाई किन बताइनस त ?"

- "अझ अर्को शर्त पनि थियो, मैले एक पटक पनि नामन्जुर गरेमा ३० हजारको ६० हजार तिर्ने गरी कागज गराएको थियो र नामन्जुर गरेमा सार्वजनिक बेईज्जत गर्न भनी प्रथम पटकमै मेरो केही नग्न तस्विर खिचेको थियो । मैले यसै कारणले बताउन सकिन । हिजो दिउसो दशौ पटक थियो । कागज र नग्न फोटो च्यातिएको दिन, अनि म मुक्त भएको दिन पनि हिजै थियो । च्यातिएका कागज र फोटोहरु उ त्यही छन ।"

- "अनि मलाई मर्न दिनु पर्दैन त ।"

- "तपाईको जिन्दगी बाँच्छ भने म कलंकित, तिरस्कृत र अयोग्य भएर आफ्नो शरीर समेत गुमाउन चाहन्छु । हजुरकै मायाले मैले यो सबै गरेको हुँ । धोका दिने ईच्छा थिएन ।" जीवनले ज्योतिलाई कसेर आफ्नो बाहुपासमा लियो " तँ पतित, कलंकिनी केही भएकी छैनस । मेरो नजर त के, यो गाँउ र समाज सबैको नजरमा पवित्र र चोखी छेस, पवित्र सिता र देवीजस्तै । जीवनले पनि आफ्नो गलाको हृदयबाट आएको हिक्कालाई थाम्न सकेन र असिम मायाले गर्दा ज्योतिलाई धेरै बेरसम्म चुमिरह्यो ।

Nepalese Literature: Worthy Enough, Too !

Posted by Unknown on | 0 comments | Leave a comment...


 by: Purna Bandhan, Copenhagen

In present scenario, Nepal became gradually popular worldwide due to several reasons, such as Mt. Everest, Lord Buddha, travel and tours, rafting and adventures, etc. At present, also known as land of Rhino and “Elephant Beauty Pageant (the contest attracted thousands of both local residents and tourists gathered at Chitwan National Park organize several polo games by riding over the Elephant)”, are additionally making popular. During the travelers’ excursion to such a remote place like Mt. Everest, how it invented? It was a wonderful imagination of someone, who must have tried to identity taller than tallest mountains are in Nepal. People from the different part of the world had seen such a beautiful natural phenomena’s including river rafting as well as land of rhino, all are extremely remarkable to be visited. Now thousands of thousands people do visit Nepal for the purpose of tours and pilgrim.
In the meantime, visitors from all over the world also are attracted to Nepalese Culture and Art, too. People love to see different dress, use ornaments & costumes, eat traditional foods and living in their cottages, etc. In such a process and practice of tourist/pilgrims/adventurers’ people have started learning Nepalese culture and art in a significant way. At present scenario, one can understand that Nepalese tour, culture and arts are being famous day to day globally. Due to the media and internet facilities, it is easier to spread out messages and pictures related to Nepalese tour, culture and art. But there is one part, which is eventually gone to the shadow, i.e. Nepalese Literature. One cannot take the picture of literature, one cannot make the posters and put a literature book or epics as a room decorating Thanka type expensive art over the walls. So it has gone to the shadow.

But now the time has come. Those, who understand the value of literature, they play very interesting logic that people, those who are in hang over, in a big pressure of seating in front of computer, machine, Robert are really missing their joy of life. Due to tremendous development of electronic and cyber technology, they need refreshment, which must be away from these things. Study literature as a refresher of mind, as a relaxation of mind, most technically busy people to take bunch of joy. In such a means of relaxation tool, modern technologically skill experts are looking such valuable literatures from the part to part of the world. In such circumstances, as long as other literature has good worth, Nepalese literatures do have worth, too.
Nepal do have local very famous poet, are also internationally worthy enough. Called Adikavi (beginner poet) Bhanubhakta Acharya, Motiram Bhatta, Lekhnatha Paudyal, Laxmi Prashad Devkota, Bhim Nidhi Tiwari, Balkrishna Sama, Siddhicharan Shrestha and many more are not alive yet. But these poet & writers are still alive in the heart of every Nepalese, even a child of even 7-8 years. Logic is simple, they have text books with full of their poems, stories and songs as well.
Now it’s time to begin, to invent international popularity of Nepalese literature can be done. This time one should not worry to print in a book safe, carry all over the way, no, no. Just easy make a digital copy of those creations. Translate in a digital data and keep into the websites. Even easier to promote, just give a simple link to the Facebook and Twitter, how simple? The value and worth of Nepalese literature is not less than India poet Tulsidas, Kabir Das, Rabindranath and Balmiki. It does not mean that those are less and these are more. In the scene of value and worth of literature, they have similarities, of course. The only weakness happened is: Nepalese literature is still gone to the shadow. Let’s explore it now through the age of digital books and epics.
Here are some lines of Bhanubhakta’s compose, translated version, a very famous one, called Ghanshiko Kuwa (Grass-cutter and his water-well):
He gives his life to cutting grass and earns little money,

he hopes to make a well for his people

so he will be remembered after death,

this high thinking grass cutter lives in poverty,


I have achieved nothing though I have much wealthy.
I have neither made rest houses nor a well,

all my riches are inside my house.

This grass cutter has opened my eyes today,

my life is worthless if the memory of my existence fades away.
(Story behind this poem was: once poet saw a poor grass cutter man cutting grass under the shadow of tree, where the poet was also in rest. Poet asked to the grass cutter, for what he were doing such a hard work? And the grass-cutter answered him that he has a dream to dig a water-well under that tree. Being a busy path, many people walk through, but there was no source of drinking water. Poet kept thinking, being such a poor and illiterate man, has such a dream to make his history, why not the poet should, too? He was more than enough capable to make some history doing by some job as he was already literate person of Sanskrit. With that inspiration, Bhanubhakta decided to translate Balmiki Ramayana from Sanskrit to Nepali. That is the cause; he became a first poet of Nepali language.)
Poem source: by Pallav Ranjan, includes the early years of Nepalese literature through Google search.

कथा (व्यूटिफूल) - जगदीश घिमिरे

Posted by Unknown on | 0 comments | Leave a comment...

दुईतिर हजारौं लाखौं बर्षदेखि उभिइरहेका नरमाइला नाङ्गा डाँडाहरु । उत्तरपट्टिडाँडाको कातकतै बगिरहेको तामाकोशी, जसको अस्तित्व अलि तल्तिर सूनकोशीमा सेलाउँछ । यो मन्थली घाट हो ।
एक जुवा दिन बाँकी छ । पारी जानेलाई कोशी तर्न हतार, वारी आउनेलाई त्यस्तै । मुर्कुट्टाजस्तै बगरको ढूंगामा मान्छे टव्रmयाक दूव्रmूक बसेका छन् । उराठलाग्दो साँझ । मन नलागी–नलागी छरिएको मन बटुलेर धुवाँसँग उडाएकोले होला सगरैभरि तुँवालो लागेको छ । घटवारेहरु बाहान पु¥याउन चाहन्छन् । यताबाट जाने मान्छे त पुगे, आउनेहरुको प्रतीक्षा छ ।
“ए कान्छा । उठ्” चतूरेले बोलायो । आजकाल डूङ्गा तार्ने पालो उसको र कान्छाको छ । यिनीहरुले पैसा कमाउन पाउने, खेलाउन पाउने एकमात्र मौका ।
यौटा अजंग सिमलको रुख खोपेर बनाइएको डूँडजस्तो डूङ्गामा पारी पुग्न हतारिएको लाम बसेको छ । हातमा बहना, टाउकोमा थोत्रो टोपीको घेरा र जीउमा कौपिनमात्रको गहनाले सिंगारिएका यी साँच्चै प्रकृतिका छोरा देखिन्छन् । मान्छे मान्छेको अगाडि हात फैलाएर चतूरे माग्दैछ – “खै खाजा दिनुप¥यो । खै खेवा दिनुप¥यो ।” फलामका हात पनि पैसाको लागि फैलिन्छन् । … आत्मविश्वासको कमी छ, कुनै घटवारे तोक्न सक्दैन – “यत्ति पैसा ।”
टाउकैमा बसेकी बुढी थपेनीले सातपत्रै थैलीबाट बल्लतल्ल केही पैसा झिक्छे र चतूरेको हातमा राखिदिंदै भन्छे – “ओखती गराउन जान लाग्या, निको हुन्छ कि हुँदैन कोनी । खाँडा देवीले वाण हानेर आधा अंग नचल्ने बनाइदिएकी छन् ।” उसको इशारा डोकोमा बसेको अहिले कि भरे मर्लाजस्तो बुढोपट्टिहुन्छ । यो मर्लाजस्तो बुढो यसको चौथो पोइ हो । अघि बैंशमा ऊ निकै चल्तापुर्जा थिइ रे । त्यसैले चोथाले भन्छन् । ऐले यो पक्षवातले मर्न लागेको रोगीलाई बोकेर ओखती गराउन जाँदैछ । नेपाल हो कि मधेश, तर धेरै परचाहिं अवश्य … ।
यौटा लाहुरे पैसा गन्दैछ, चतूरेको हातमा केही पैसा राखिदिन्छ । र यसरी हेर्छ मानौं चतूरे मलायाको कुनै सस्तो भट्टिको केटो हो र दुई पैसाको साटो यौटा लामु सलाम ठोक्छ । तर चतूरे उसलाई सलाम ठोक्दैन । असभ्य न हो आखिर ब्रिटिश गोर्खा आर्मीको हवल्दारलाई सलाम नगर्ने ।
तर चतूरेलाई त्यस लाहुरेप्रति धेरै चाख लिइरहने फुर्सद छैन । लाहुरसँग त्यस्तो प्रेम पनि छैन । उ पनि अघि हात पाखुरा आडिला छँदा एक पटक भागेर लाहुर पुगेको थियो । तर कस्तो दुःख छि– कति त भोकै बस्नुप¥यो … गन्हाउने ठाउँमा कति त भोकै सुत्नुप¥यो … जाडोमा असाध्यै जाडो, गर्मीमा पनि खपिनसक्नु । के रे … के पो भन्थे रे नाउँ … कलकत्ता, हो कलकत्ता । कति गर्दा पनि राम्रो ठाउँमा लाग्न पाइएन … भाग्यै त हो, सधैं भाँडा माज्नुप¥यो … नत्र आज उ पनि यो लाहुरेभन्दा कम्ती हुने थिएन । … संझदै उसका पाइताला अघि बढे ।
यौटी कलीली बाहुनी बज्यैले निन्याउरो मुख लाएर साटनको थैलीको मुख फुकाएर केही पैसा झिकिन् र चतूरेको हातमा राखी दिइन् । उनलाई चाहिं आफ्नू घर पुग्न हतार छैन । उनका बाबु शशिधर उपाध्याले आनामासि ब्याज असूल गरेर कमाएको धर्म थोरै भएकाले आप्mनी प्रिय पूत्रीलाई गर्भै समेत बहत्तर मैन्हामा “कन्यादान” गरेका थिए । कन्यादान, सबै दानहरुमा ठूलो । बिहा भएको धेरैपछि चार दिनको लागि उनी माइत गएकी थिइन् । बल्ल्तल्ल सासू बज्यैले बिदा दिएकी थिइन् र पो । आज फर्कदै छिन् । आप्mनो घर टाढै देखिन् । देख्दै शरीर गलेर आयो … खुइय … । लामू सास फेरिन् । तेन्जिङले एकपटक हिमाल चढ्यो … तर यिनले दिनदिनै चढ्नु पर्छ … भोलि बिहानै भालेको डाकसँग ब्युँझनु पर्छ … पानी भर … भात पकाऊ … चूल्हो जुठो गर … भाँडा माज … बनपात जाऊ … बेलुका उही भात भान्सा … अनि सासू बज्यैको गोडा मिच … अनि पो सूत्न पाइन्छ जम्मा पाँच सात घडी, त्यै पनि चीसो ओछ्यानमा । वाँ (पोई) जागीरमा नेपाल जान“भा”छ … उनको मनमा भोलि घूम्यो ।
… अनि यस थासे आइमाईले नकच्चरो हाँसो हाँस्दै चतूरेको हातमा पैसा राखिदिई र सोधी – “सँचै छ चतूरे जेठा ?”
“सँचै छ सुबिदार्नी आमै ?” उसले सँचोका लागि सँचै छ भन्दियो ।
द्धितीय विश्व युद्धमा मानबहादुर माझीले त्यो “नरमाइलो अर्काको ठाउँ” (उसको भनाइअनुसार) बाट फर्किदा आफूसँग यौटी तरुनी पत्नी लिएर आयो जो “हिन्दुस्थाना”मा रैछे । घर फर्केको खुशियालीमा भोज पनि गरियो । मेशिनगनका गोली पचाएर आएको मानबहादुर सुविदार भोजका राँगाको चौटा पचाउन नसकेर म¥यो । दुई पैसाको ओखतीको सट्टा ज्यान फाल्नु पर्ने ठाउँ पनि मान्छे जिन्दगीभरि विर्सन सक्दैन – जन्मेको थलो । सुबिदार्नी यही बसिन् । सूविधाअनूसार बर्षको दूईचार चोटि माइत जान्छिन् । यिनको माइत कुत्रि कुन लाहुरमा पर्छ थाहा छैन । जाँदा यिनीसँग एक दुईटी तरुनी अवश्य हुन्छिन् कि त वालविधवा कि त परित्यक्ता । तर घर फर्कदा सधैं एक्ली हुन्छिन् । सबैसँग हाँस्ने लेख्ने ठट्टा गर्ने मिजासिली फरासिली छिन् । उनको घरमा सधैं तरुना तत्रेरीको घूइँचो हून्छ … ।
यतिन्जेल सबैसँग पसारिएका हात यहाँ आएर रोकिन्छन् । चतूरे यस मान्छेसँग सोध्छ – “कता भाटु (भिनाजु) ।”
कुत्रि किन यता कसैलाई पनि साइनु नलगाई बोलाउन मान्छे हिच्किचाउँछन् ।
“नेपालसम्म । साहुको भारी लिन ।” – त्यस भरियाले जवाफ दिन्छ ।
साहू । साँच्चैका साहू हो । धान दिएर रिन लाओस्, चाहे कपडा या नून । वर्षभरिकोकाम त ब्याज बापत नै जान्छ अनि साउँ उधैं उित्तको उत्ति ।
यससँग चतूरेले पैसा माग्दैन । माझीले माझीसँग डूङ्गा तार्दा पैसा लिंदैन ।
चतूरे टाउकोपट्टि उभियो । कान्छो पूच्छरमा बस्यो । डूङ्गा एक एक झड्कामा हुत्तियो । माझी ख्याउन थाले डूङ्गा पारोपट्टि लाग्यो …
वारी पट्टि–
घाटको झूप्रो । जाँड बेच्ने दुईटी तरुनी । वरिपरि जाँड खानेका भीड । त्यसभन्दा बढ्ता मुख हेर्ने घुइँचो । डबखा (जाँड खाने ठूलो बटुको) को जाँडको सप्रयाक–सूप्रूक, साइँली माइलीको कटाक्ष सीतन । उत्ताउलो ठट्टा । कामुक कार्यकलाप । यौटा जाँडले मातेको माझी साँइलीको नारीमा समाउँछ । हातपात गरौलाजस्तो गर्छ । उधारो जाँड माग्दैछ । उ दित्र । वरिपरिका रमितेहरु बीच बीचमा हाँस्छन् । बिरालोले मूसा खेलाएको मनोहर दृष्य । यी दुवैका पोइहरू लाहुर गएका छन् । देख्नेगरी जाँड बेच्छन् ।
एक बथान मान्छे बोकेर थाकेको भरियाजस्तो डूङ्गा फक्र्यो । सबैका आँखा उतै तानियो । नौले नौला मान्छे भरिएको डूङ्गा … चिनारु पो आउँछन् कि । क्यै लाहुरे पो घर फकर्याछन् कि ।
ठिहि¥याउने पानीमा चतूरे कम्मरसम्म डुबेको छ । भर्खर हिमाल पग्लेर आएको पानी असाध्यै चीसो छ । यसको जीउभरि काँढा उम्रेका छन् । यात्रु बटोहीहरु व्रmमशः उत्रँदैछन् । यौटा मान्छे ओर्लियो । हातमा एकजोर स्थानीय सार्कीले बनाएको काने जूत्ता । काँधमा झोला र कठालोमा छाता झूण्डाएको छ । जूत्ता लगाएर सरासर लम्कन्छ । रामेछाप अझै तीन कोश पर पर्छ । … उसलाई आज नपुगीभा छैन । मूद्दाको तारीख छ । साक्खै आप्mनै बाबुसँगको लेनदेन मूद्दाको ।
चतूरेले बराह सकेसम्म बेसरी तानेर डूङ्गा अँचेटेकै छ ।
यौटा खुट्टैदेखि काटिएको लाहुरे दूईटा चोके लठ्ठीको भरले हिंड्दै चतूरेसम्म आइपुग्यो । चतूरेले त्यसलाई आप्mनै पिठ्यूँमा बोकेर वरसम्म ल्यायो र सबैको आँखा त्यसैमा केन्द्रित भए । यो यै गाउंको माझी हो । केही बर्षअघि यसका दुईटै खुट्टा सद्दे थिए । … अब ती दिन फर्कदैनन् ।
यतिखेर उ उसको रमाइलो गाउँका तमामा मान्छेहरुको घेरामा घेरिएको थियो । उसबाट लाहूरको लडाईको वर्णय सूत्र सबै उत्सुक थिए । क्यै उसको टाँग काटिएकोमा चूक्चूकाउन थाले । क्यै ज्यान जोगिएकोमा खुशी भए । यसको ठीक अगाडि माहिली पनि उभिएकी थिई । माहिलीका प्रतीक्षारत दुईवटा आँखा देख्नेििबत्तकै उसको मुटुले ठाउँ छोड्यो … ।
… भारत र पाकिस्तानको सीमानाको आकाश । बम बोकेर कुदिरहेका हवाई जहाजहरु । भूइँमा खाल्डा बनाएर बसेका तमाम सिपाहीहरु … गोली चल्छ … गोला चल्छ … लंगडो लाहुरेले संझ्यो उसकै लामका तमाम साथीहरु जसको छातीमा पग्लेको शीशा रोपिइसकेको थियो … दोर्जे भोटे … पूलामी मगर … त्यो सर्दार फेटावाल … छ्या त्यसको नाउँ पनि आउँदैन … अनि यै माहिलीको पोई पनि । हो यै माहिली जसको अगाडि उ उभिएको छ । लाहुरेले कोटको खल्ती छाम्यो – त्यहाँ माहिलीको पोइले मरेपछि तक्मा पाएको खबर भएको चिठी थियो । त्यो चिठी खेलाउँदै उसले सोच्यो – यै हो माहिलीको पोइको मरेपछिको कमाइ ?
“हो” अर्को मनले जवाफ दियो ।
“यसैलाई हो माहिलीले पर्खेर बसेकी ?”
“हो ।”
“दिउँ त उसको पोइको कमाइ ?”
दे । … अहँ न दे । … आखिर त दिनै पर्छ । … द्यूँ त ? … नाई … उसको मनले उचित उत्तर दिन सकेन ।
तर साइँली रामे खत्रीसँग निस्कदैछ । हुन त यसको पोइ पनि बिदेशिएको छ, तर यो चाहिं त्यै खत्रीसँग सल्केकी छ भन्छन् । पोहोर पेट बोकेकी थिई रे … तुहाई रे … उ लाहुर गएको पोइको उस्तो वास्ता गर्दिन । “… आ, ई लाहुर गएका कैले फर्कन्छन् कैले । भरे हाम्रो गाउंतिर आउने हैन –” साँच्चै उसले रामे खत्रीलाई निम्त्याई ।
अन्त्यमा दुईजना विदेशीहरू पनि ओर्लिए । कालो चश्मा लगाएका उनीहरू गटर–पटर बोल्छन । जिरी जान हिंडेका रे, त्यतैबाट सोलुखुम्बु अनि दार्जीलिङ निस्कने योजना छ रे … ।
… डूङ्गाबाट ओर्लदै फोटो खिच्ने तरखर गर्दै दोभाषेसँग भन्छन् – “व्यूटिफूल … व्यूटिफूल …”

मेरी छोरी - सलोजा

Posted by Unknown on | 0 comments | Leave a comment...


मेरी छोरी
- सलोजा
ममता ममता छोरी मेरी पनि हो मैलेपनि मायाँ गर्न पाउनुपर्छ निमेशले एक दिन फोनमा भनेको थियो चुपचाप फोन राखेँ
सृष्टि मेरो काखमा खेलिईरहेकी थिई पाचँ बर्षकी भई छोरी सृष्टिलाई जन्माउनका लागि मैले परिवार देखि समाजसंग गर्नुपरेको संघर्ष सम्झिएँ त्यसबेला निमेशले साथ दिएको भए मन भक्कानिन्छ
तर अब कसैको आश गर्नेवाला छैन एक्लै बाँच्न सिकेकी छु कष्टका दिनहरुमा पनि सुखले हुर्काएकी थिएँ सृष्टिलाई एक्ली अविवाहित किशोरीले जन्माएको छोरी
सृष्टि जन्मिएपछि कम्जोर बनेर कहिल्यै रोएकी छैन
हामी आईए पढ्दै गर्दा निमेशसंगको सम्बन्ध सम्झिएँ त्यो समय सम्झदा साह्रै आनन्द आउछ त्यो खोला, पहाड पर्वतमा घुमेको दुःख कस्तो हुन्छ? किशोराबस्था, जीन्दगी बुझेकै थिईन लहडै लहडमा हाम्रो सम्बन्धको परिचय बनिई सृष्टि मेरो गर्भ रहेको थाहापाएपछि हराएको निमेश करिब बर्षपछि सम्पर्कका आयो छोरी दाबी गर्दै
सृष्टि उसकीपनि छोरी हो रे मन मननै अट्टाहास भयो के सम्झन्छ हँ निमेशले आफूलाई?” बर्ष सम्म नचाहिएकी छोरी अहिले उसकी हो रे छोरी जन्माएर हुर्काउदा कस्तो हुन्छ थाहा छैन? छोरीलाई दिईने मायाँ? तर पाचँ बर्षकी भएपछि छोरी चाहियो रे
सृष्टि जन्मिएपछि नै मैले विए एम पास गरेँ त्यसबेलाको दुःख सम्झदा अहिलेपनि अत्यास लाग्छ समाजले गरेको अपहेलना परिवारले गरेको वेवास्ता तर मैले कहिल्यै हार्नु परेन, अरुले जस्तो सोचेपनि छोरी मेरो साथमा थीई
निमेशले आज फेरि फोन ¥यो मलाई भेट्ने रे मैले भनिदिए खास कामै छैन अफिसको कामलेपनि भ्याई नभ्याई अहिले भेट्न भ्याउदिन उसलाई टारेँ
निमेशको फोनले दिनरात झस्काउछ उसलाई कहिल्यै सम्झन मन लाग्दैन हुनत उसलाई विर्षिएकीनै कहाँ छु ? निमेशलाई विर्षिन सकेको भए सायद मैले यति धेरै पीडा खेप्नुपर्दैनथ्यो होला उसकै कारण रहर, चाहनालाई मनभित्र हत्या गर्न बाध्य छु
यी सबै भएरपनि निमेशको नराम्रो होस भन्ने चाहना कहिल्यै भएन्

हाम्रो सम्बन्धको कारण परिवार समाजसंग डराएर भागेको थियो
मैले उससंग कुनैदिन पनि भेट्ने चाहना राखिन उसलाई भेटेर दुखि हुन चाहान्नथेँ
फेरि सम्झिएँ मैले नभेट्दा पनि दुखी हुन्छ नी?
तर उसले मेरो दुःख बुझेन
सोच्दै थिएँ
प्रतिको माया कतिपनि कम भएको रहेनछ निमेशको फोन आउनासाथ मनमा त्यतीकै उत्साह हुन्थ्यो एकैछिन साँच्चै रमाउथेँ
रञ्जु मेरो घरमा आई हामी सगै कलेजमा पढेका उसलाई मेरो निमेशको बारेमा सबै थाहा थियो तर भनिममता अब निमेशसंग मिलेर बस पनि फर्किएर आएको परिस्थितीले त्यस्तै बनायो अहिले मिलेर बस्न चाहेको किन अबहेलना गर्छेस सृष्टि आखिर तिमिहरुकै छोरी हो
रञ्जु मलाई फकाउदै थिई
चुपचाप थिएँ निमेश संगै रमाएर बस्ने मन मरिसकेको थियो

*****

कौशीमा बसेर ईन्टरनेट चलाउदै थिए सृष्टि कार्टुन हेर्नमै मस्त थिई होमवर्क सकेपछि दिनमा एक घण्टा कार्टुन हेर्ने छुट उसलाई
गेटको घण्टी बज्यो जुरुक्क उठेँ गेट खोलेँ कताकता परिचित मायालु अनुहार मेरो अगाडी थियो ठ्याक्कै ठम्याउन हम्मे हम्मे ¥यो गेटकै छेउमा घोप्टेमुन्टो लगाएर बसेको ठूलो मोटो ज्यान, कुलुक्क परेको अनुहार एक छिनको मौनता पछि सोधेँ तिमी निमेश हैन हो, उसले मुसुक्क हाँस्दै भन्यो किन आएको ? मैले गेट भित्रैबाट भने
किन आउनु हुदैन ? निन्याउरो बन्यो
हुदैन भनेकै छैन, तर किन आएको भनेर सोधेको
उसलाई देख्नेसाथ मेरो मुटुको धड्कन बढ्यो, चिटचिट पसिना आयो, मन भित्रै आगो बलेजसरी उम्लियो अनुहार पनि रापिलो भयो कहिल्यै सोचेकी थिईन निमेशसंग फेरि भेट हुन्छ भनेर
चुपचाप भित्र छि¥यो मैले उसलाई कोठामा नलगी बगैचामा लगेँ फेरि सोधेकिन आएको यहाँ?”
उसले कुरा छल्दै भन्यो यो कस्को घर हो?
मैले गर्व गरेर भनेमेरो घर किन?”
साह्रै राम्रो रहेछ त्यसैले
हाम्रो परिवार पनि राम्रो
झस्कियो
छोरी हामी सुखी छौ मैले मुस्कुराउदै भने
कस्की छोरीलाजपचाउदै सोध्योे
चाहान्थ्यो होला हाम्री छोरी भनोस
तर चाहन्नथेँ त्यसैले भनेँ, ”मेरी छोरी
छोरीसंग भेटगराउदिनौ?”
गर्भ रहेको थाहा पाएको दिन निमेशले भनेको सम्झिएँ भ्रुण हत्या गराउन पटक पटक दिएको दबाब सम्झिएँ
मैले विस्तारी भनेँ यो उसको कार्टुन हेर्ने समय हो
उसले खिस्याउदै भन्योआफूत रुटिनमा चल्थ्यौ, छोरीलाई पनि त्यही बानी लगायौ”?
मैले लगाएको होईन आफै लागेको बानी हो यो
समय चुपचाप भयो दुबैको मौनतालाई तोड्दै निमेशले माफी माग्दै भन्यो खानदानी परम्परा आफ्नो पढाईका कारण छोरी स्वीकार गर्न सकिन तर अब हामी संगै बस्नुपर्छ निमेशले फेरि छोरी आफ्नो भएको दाबी ¥यो
तिमिले भनेझै हामीले भ्रुण हत्या गराएको भए? छोरी हाम्री हुन्थी? छोरीले धर्तीमा टेक्नु अगावै मनमनमै छोरीको हत्या गरिसकेका छौ
यदि तिम्रै जसरी पनि बर्षपछि आएर हामी संगै बसौ भनेको भए तिम्रो खानदानले स्वीकार गथ्र्यो?
मैले भनेँ
निमेश चुपचाप उठेर हिड्यो

*****

छोरीको परिक्षा पछि केही दिनका लागि अफिस विदा लिएर बसेकी थिए त्यसैबेला केही व्यक्तिहरु सहित निमेशले फेरि मेरो घरको गेटमा घण्टी बजायो गेट खोलेँ छोरी साथीहरुसंग बगैचामा खेलिरहेकी थिई मैले उनीहरुलाई सरासर भित्र कोठामा लगेँ
फेरि किन आएको?”
छोरीलाई भेट्न
चाहान्छौ भने भेटाउछु तर मलाई जस्तो फेरि छोरीलाई दुःख लाग्ने कुरा ¥यौ भने सह्य हुने छैन बोल्दै गर्दा बीचैमा रोकेर उसले भन्यौछोरी मेरी पनि हो प्रति जति अधिकार तिम्रो त्यतीनै मलाई पनि
निमेशले छोरीप्रति आफ्नो माया, स्नेह भन्दापनि अधिकारको कुरा गरेको सुनेर धिकार लाग्यो चुपचाप फर्किएको पुन आउदा छोरीको मायाले तान्यो होला जस्तो लागेको थियो तर होइन रहेछ माया केहो उसले अझै बुझेको रहेनछ भित्र भित्रै पि¥िहएँ छोरीलाई १० महिनासम्म गर्भमा बोकेर जन्माउने , हुर्काउने , बच्चा जन्माएकै कारण समाजको अपहेलना खेप्नुपर्ने मैले अनि छोरी माथि बराबर हकदार भएको दाबी गर्ने?
छोरीका खुसीको लागि जे पनि गर्न सक्छु, तर तिम्रो चाहानामा हैन
सरासर छोरी दाबी गरेको सुनेर मलाई उसको कठालोमा समातेर बाहिर निकाल्न मन लाग्यो तर केही गरिनँ
सम्झिएँ पिपलबोट मुनीकी कान्छीलाई खुल्ला आकाश मुनी पिपलको फेदमा बस्ने कान्छीले जना छोरा छोरी जन्माएकी थिई क्याम्पस जाँदा आउँदा हामी खिस्याउदै भन्थ्यौ, एक्लै यत्रा छोराछोरी जन्माउने कान्छी शक्तिशाली कान्छीका ती छोराछोरीलाई कसैले दाबी गर्न आएनन
मैले स्पष्ट भनेँ, निमेश, तिमीले यो छोरी आफ्नी हो भनेर दाबी गर्दै छौ? एक थोपा विर्यकै आधारमा यो छोरी तिम्रि हुन्छे भने, बैशको आवेगमा शहरका होटल होटलमा चुहाएको विर्यबाट जन्मिएका सन्तानहरु खोज जो अहिलेपनि गल्ली गल्लीमा हात थाप्दै हिडेका छन् खान नपाएर भोक भोकै सडक पेटीमा सुतिरहेका छन् पैशा संगै अनुहार फेरेर बैश विछ्याउदा हरेक कुरा बिर्सियौ तर अब सन्तानको चाहाना भयो? बोल्दै थिए छोरी माम्मु भन्दै फूत्त कोठामा पसी
छोरीलाई देखेपछि निमेशले हसिँलो मुख लगाएर बोलायो छोरीले सोधी माम्मु उहाँ को हो? बोल्न नपाउदै निमेशले भन्यो नान्नु तिम्रो बाबा झोलाभरि ल्याएको सामान निकाल्दै भन्यो हेर मैले तीमिलाई कति धेरै खेल्नेकुरा ल्याएको छु अनि कपडा पनि
खेल्नेकुरा देखेपछि छोरी उत्साहीत हुदै गई चुपचाप थिएँ निमेशले फकाउन थाल्यो तिम्रो बाबु हँ भन्ने कुरा पटक पटक दोहो¥यायो तर छोरी उसको कुराको वेवास्ता गर्दे खेल्नेकुरासंग रमाईरही अनि हातभरि खेल्नेकुरा लिएर काखमा बस्न आई
मेरो काखकी छोरीलाई तान्दै निमेशले भन्यो, ”नानु तिम्रो बाबा
उसले धेरै बेर मेरो मुखमा हेरिरही अवाक थिएँ केही बोल्न सकिरहेकी थिईन पनि चुपचाप मेरो काखमा बसीरहेकी थिई
निमेशले फेरि भन्योनानु तिम्रो बाबा
हैन मेलो बाबा पनि माम्मुनै हो मेलो अलु बाबा छैन तोते बोल्ने छोरीले निर्धक्क साथ भनी मेरो छातीमा टाँसिएर बसीरही
मेरो ज्यूने आधार नै छोरी हो उसलाई बुबाको महसुस नहोस भनेर प्रयत्नरत रहन्थेँ तर कहिल्यै मनैे तेरो बुबा पनि हो भनेर भनीन साथीको बाबुआमा संगै देख्दा कहिलेकाही छोरीले सोध्ने गर्थी मामु मेरो बाबा कहाँ हुनुहुन्छ? अवाक बन्थेँ सृष्टिलाई अहिलेनै सम्पूर्ण कुरा भन्न सक्दिन थेँ बर्र्षीया छोरीलाई यी सबै कुरा भन्नुको अर्थपनि हुदैनथ्यो छोरी बुझ्ने भएपछि यथार्थ लुकाउदिन थेँ तर मैले केही नभनेपनि यो अबोध बालिकाले कसरी प्रतिकार गर्न सकी? उसले मेरो भावनालाई बुझी सोच्दै थिएँ
निमेश उठेर घर बाहिर निस्कियो बाहिर हेरँे डाडामाथि अस्ताउन लागेको रातो घामलाई बादलले छेकेको थियो

salojasky@gmail.com
ओखलढुडगा,हालः काठमाडौ

DineshTamang.com.np भ्रमण गर्नु भएकोमा यहाँहरु लाई मुरी-मुरी धन्यवाद् छ। कृपया फेरिपनी DineshTamang.com.np चियाउदै गर्नुहोला। तपाईंको दिनहरु सधैं शुभ-रहोस्। धन्यवाद् ।

Sorry

Enter your email address:

Most Popular

Search In This Blog

Popular Posts

Tag Cloud

Recent News