Nepal Flag
"Would you Like to Post any thing related to This blog you can send E-mail to me guidedinesh@gmail.com or dinesh_tamang33@yahoo.com"तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः guidedinesh@gmail.com or dinesh_tamang33@yahoo.comतपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

बुलबुल गजल संग्रह -Bulbul - All Episodes - Download/Listen onlin

Posted by Unknown on | 0 comments | Leave a comment...

शनिवासरीय बुलबुलको आज अन्तिम श्रृंखला । अर्को सातादेखि शनिवार राती सवा नौ बजे उज्यालो नाइन्टी नेटवर्कबाट कार्यक्रम "एकल कविता वाचन" संचालन गर्नेछु । त्यसपछि बुलबुल बुधबार मात्रै बज्नेछ । 
आजको श्रृंखलामा चितवन, मेघौलीकी - फुच्ची जमुनाका गजल र कविताहरु सुनौं ।








Downloads

गजल *दिपक थापा *

Posted by Unknown on | 0 comments | Leave a comment...


आफ्नै समाजबाट जिउदै मारिएको मान्छे हुँ म
सास छदा छदै जुठो बारीएको मान्छे हुँ म

अजात रे मेरो मयालाई खोट देखाई देखाई

... ढोल पिट्दै तल्लो जातमा झारीएको मान्छे हुँ म

इस्ट मित्र जोरी पारी बिरुद्दमा उत्रे पछि
आफ्नै आँगनबाट पर सारीएको मान्छे हुँ म

हिजो आफ्नै लाग्ने त्यी समाजका पेवाहरू
मन्दिरहरूबट अलग पारिएको मान्छे हुँ म

बाइबल, कुरान, गीतामा खोज्दा जातको अर्थ
आनाकानी संगै प्राए टारिएको मान्छे हुँ म

यसरि नै खोस्दै गए हाम्रो साथ के होला खै ||

Posted by Unknown on | 0 comments | Leave a comment...

दिन त बित्यो डरै डरमा अब रात के होला खै
आज त म नेपाली छु भोलि जात के होला खै ||

थर पनि खोसे हाम्रो जन्मेको त्यो गाउँ पनि

यसरि नै खोस्दै गए हाम्रो साथ के होला खै ||
...
त्यो महलमा बसी नेता भत्काउछन् छाप्राहरु
लुटी यो गास् अझै गरे पक्ष पात के होला खै ||

न छ दौरा सुरुवाल न त राखे स्वाभिमान
बेची खाए अस्तित्व नै अरु घात के होला खै ||

गाउँ शहर घंकादै छ नारा आज जातीयताको
आजै यस्तो अब आउने सुरुवात के होला खै ||

स्वर्ग जस्तो मेरो गाउँ खण्ड-खण्ड हुँदै छ रे!

Posted by Unknown on | 0 comments | Leave a comment...

स्वर्ग जस्तो मेरो गाउँ खण्ड-खण्ड हुँदै छ रे!
जात्-जातिको नाउँमा यो अंशबन्ड हुँदै छ रे!

सयौं थुंगा फूल्का हामि यौटै माला नेपालि हौँ

भन्ने हरु बिच्मा द्वन्द प्रतिद्वन्द हुँदै छ रे !!
...
... राइ लिम्बु छेत्री बाहुन् आदिबासी बीच आज
आपसमा काटाकाट भै उदण्ड हुँदै छ रे!!

वल्लो घर पल्लो घर ऐंचो पैंचो रोकी वरी
आवत् जावत् गर्न सम्म प्रतिबन्ध हुँदै छ रे!!

बुद्द जन्म्या देश हाम्रो हत्या हिंसा मौलाएर
रगतको खोलि बग्दा पुरै गन्ध हुँदै छ रे!!

संघियता भन्दै यहाँ मानवता बिर्से पछी
स्वतन्त्र भै बाँच्ने चाह मन्द- मन्द हुँदै छ रे!!

तिम्ले जित्ता मैले हार्ने,कस्तो खेल पिरति

Posted by Unknown on | 0 comments | Leave a comment...


तिम्ले जित्ता मैले हार्ने,कस्तो खेल पिरतिको
आँसु आँखिर दिनु रैछ,कस्तो मेल पिरतिको

...
संगै जिउने संगै मर्ने,बाचा कसम खुवाएर
मुटु भरि पिडा दिने,कस्तो झेल पिरतिको

यादमा तड्पी बाच्नु पर्ने,यसले दियो नी सजाय
भाग्न पनि सकिदैन,कस्तो जेल पिरतिको

न त कट्छ न त छिनछ,सकिदैन फुकाउन
सम्झनाले बाँध्छ सधैँ,कस्तो नेल पिरतिको

भित्रि मन रोए पनि,आत्मा साथ गर्नै पर्यो
हास्न खोज्दा बग्यो आँसु,बन्यो भेल पिरतिको

उतिर्ण नै को पो भयो,सबैलाई देख्छु रोको
परिणाम त एउटै रैछ,आँखिर फेल पिरतिको

झापा,शरणामती-६

तिमीलाई बिर्सिएर एक्लै कहिंले हाँस्न सकिनँ

Posted by Unknown on | 0 comments | Leave a comment...

गजल

तिमीलाई बिर्सिएर एक्लै कहिंले हाँस्न सकिनँ
निष्ठुरी भै,जरैकाटी तिम्रो माया मास्न सकिनँ|

ओल्टेँ फेरौँ तिमी देख्छु,कोल्टेँ फेरौँ मात्र तिमी
तिमीभूली पराइँलाई यो छातीमा टाँस्न सकिनँ|

चोटमाथि चोटै दियौ त्यसलाई जतनले राखिरहेँ
जालीमाया भएपनी अर्को साईनो गाँस्न सकिनँ |

छँरिएका सपना बटुलेर बाँधिरहे मनैबाँध्ने तारले
बिझाउँने माया मुटुबाटै अंल्गपारी छास्न सकिनँ|

तिमीलाई बिर्सिएर एक्लै कहिंले हाँस्न सकिनँ
निष्ठुरी भै,जरैकाटी तिम्रो माया मास्न सकिनँ|


गीता थापा (दोषी)
बेलबारी मोरङ
हाल-ईजरायल
DineshTamang.com.np भ्रमण गर्नु भएकोमा यहाँहरु लाई मुरी-मुरी धन्यवाद् छ। कृपया फेरिपनी DineshTamang.com.np चियाउदै गर्नुहोला। तपाईंको दिनहरु सधैं शुभ-रहोस्। धन्यवाद् ।

Sorry

Enter your email address:

Most Popular

Search In This Blog

Popular Posts

Tag Cloud

Recent News