तिमीलाई बिर्सिएर एक्लै कहिंले हाँस्न सकिनँ
गजल
तिमीलाई बिर्सिएर एक्लै कहिंले हाँस्न सकिनँनिष्ठुरी भै,जरैकाटी तिम्रो माया मास्न सकिनँ|
ओल्टेँ फेरौँ तिमी देख्छु,कोल्टेँ फेरौँ मात्र तिमी
तिमीभूली पराइँलाई यो छातीमा टाँस्न सकिनँ|
चोटमाथि चोटै दियौ त्यसलाई जतनले राखिरहेँ
जालीमाया भएपनी अर्को साईनो गाँस्न सकिनँ |
छँरिएका सपना बटुलेर बाँधिरहे मनैबाँध्ने तारले
बिझाउँने माया मुटुबाटै अंल्गपारी छास्न सकिनँ|
तिमीलाई बिर्सिएर एक्लै कहिंले हाँस्न सकिनँ
निष्ठुरी भै,जरैकाटी तिम्रो माया मास्न सकिनँ|
गीता थापा (दोषी)
बेलबारी मोरङ
हाल-ईजरायल
0 comments for "तिमीलाई बिर्सिएर एक्लै कहिंले हाँस्न सकिनँ"
Leave a reply