सफलताको रहस्यहरु ( स्वेट मार्डेन ) शँका र अबिश्वास
शँका र अबिश्वासले भरिएको हृदय जीवनमा सफलताको लछ्य प्राप्त गर्न असमर्थ हुन्छ । जिवनको अमुल्य सिदान्त यो हो कि यदि आफ्नो सफलता प्रती शँका गर्न थालिन्छ भने कहिले पनि पूर्ण सफलता पाउन सकिदैन । ठीक यसैगरी जसरी आकाश तिर ढुँगा फ्यक्दा त्यो ढुङ्गा आकाश तिर नगइकन भुइ तिर खस्छ ।
आत्मबिश्वासको अभाबमा भगवानले पनि मानिसको मद्घत गर्न सक्दैन । सफलता प्राप्त गर्न काम प्रती भरोसा राख्न जरुरी छ । जुन मानिसमा आत्मबिश्वासको कमी हुन्छ वा सफलता प्रती आफ्नो मन मा शँका हुन्छ त्यो मानिस कहिले पनि सफल हुँदैन । सफलता पहिला मनमा आउनु जरुरी छ जब आफ्नो मननै सफलता प्रती शँकाले भरिएको छ त सफल कसरी हुन सकिन्छ ।
आत्मबिश्वासी र आत्मबिश्वासहिन ब्यक्तिमा आकाश जमिनको फरक हुन्छ । एउटाको बाटो सफलता तिर लम्किन्छ भने अर्कोको बाटो पराजय तिर । हामीमा आत्मबिश्वास जती जती बढ्दै जान्छ कार्य सक्ती पनि उती उती निखारिदै आउछ । त्यसैले आफ्नो विश्वाश लाई द्रिढ राखु पर्छ । जुन कुरामा पनि शँका र अबिश्वास गरेर हेर्नु हुँदैन । शँका र अबिश्वासलाई मन बाटनै त्याग्न सके जीवन अबस्य पनि सफलता तिर अग्रसर हुन्छ ।
0 comments for "सफलताको रहस्यहरु ( स्वेट मार्डेन ) शँका र अबिश्वास"
Leave a reply