सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) आफुलाई चिन्नुस्
यस्तो ब्यक्ती शायदै कोही होला जसले आफ्नो अनुहार ऐनामा नहेरेको होस् । ऐना सँग मनिसको सम्बन्ध सधैं जसो भई रहन्छ । हामी त्यस्मा आफ्नो अनुहार हेर्छौ, श्रिङ्गार गर्छौ, आफुले आफुलाई चिन्छौ कि हाम्रो अनुहार यस्तो छ तर हामीले कहिले ऐनामा हेरेर यो प्रश्न गरेका छौ कि हामी को हौ ? के हौ ? के यि प्रश्न हामीले आफ्नो मन लाई कहिले सोधेका छौ ?
आफुले आफुलाई चिन्ने कोशीस गरेका छौ ? अनुहार बाट त आफुलाई चिनेका छौ यो अर्कै कुरा भयो तर आफ्नो वास्तविक रुपलाई चिन्नु अर्कै कुरा हो । दर्शनिकहरु भन्छन कि मानिसले आफुले आफुलाई चिन्नु सब भन्दा काठिन कार्य हो । जो कोहि मनुस्यले आफुले आफुलाई चिन्न सक्दैन । मानिसहरु सधैं आफ्नो बाहिरी रुप को भ्रममा रहन्छ । वास्तवमा जती खेर जसले आफुले आफुलाई चिन्छ त्यती खेर मात्र उ मनुस्य ठहरिन्छ । त्यती खेर उसले आफ्नो सम्पूर्ण गुण, शक्ती थाहा पाउछ । आफ्नो आत्मा बोध हुने बित्तिकै उ तुरुन्तै उन्नती प्रगती तिर लम्किन्छ ।
0 comments for "सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) आफुलाई चिन्नुस्"
Leave a reply