Nepal Flag
"Would you Like to Post any thing related to This blog you can send E-mail to me guidedinesh@gmail.com or dinesh_tamang33@yahoo.com"तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः guidedinesh@gmail.com or dinesh_tamang33@yahoo.comतपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

फेसबुकका यो गोप्य तथ्य :थाहा पाई राखौ


सामाजिक सञ्जाल फेसबुकले विश्वका धेरै मानिसलाई आफ्नो प्रयोगकर्ता बनाइसकेको छ । १३ वर्ष भन्दा माथिकालाई मात्र फेसबुक प्रयोग गर्न पाउने नियम फेसबुकले बनाएपनि ५२ प्रतिशत भन्दा बढी उमेर नपुगेका बालबालिकाले फेसबुक प्रयोग गरिरहेको एक अध्ययनले देखाएको छ ।

बेलायतमा गरिएको एक सर्वेक्षणमा ८ देखि १६ वर्षका बालबालिकाहरूले उमेरको नियम पालना नगर्ने गरेको भेटिएको हो । यस्तै, कयौ तथ्यहरू समेत उक्त अनुसन्धानबाट पत्ता लागेको छ । थाहा पाऔ केही तथ्यहरू...
- ५९ प्रतिशत बच्चाहरु १० वर्षको उमेरसम्ममा सोसल नेटवर्किङ साइट चलाउन थालिसकेका हुन्छन् ।
- २१ प्रतिशत बालबालिका नकारात्मक कमेन्ट पोष्ट गर्छन् ।
- सबैभन्दा बढी बच्चाहरू आफ्नो फोटो या भिडियो शेयर गर्छन् ।
- करिब ४३ प्रतिशत बच्चाहरू नचिनेका मानिसलाई सन्देश पठाउने गर्छन् । यी बच्चाहरूको औसत उमेर १२ वर्षको हुन्छ ।
- ६७ प्रतिशत बच्चाहरू अनलाइनमा आएको समस्या समाधानका लागि आफ्ना बाबुआमालाई गुहार्न पुग्छन् ।
- ६३ प्रतिशत बाबुआमा बच्चाले चलाइरहेको सामाजिक सञ्जालबारे हप्तामा एकपटक विचार गर्ने गर्छन् ।
- ४६ प्रतिशत अभिभावकलाई विद्यालयमा रहेको इन्टरनेटको नितीबारे जानकारी छैन् ।

नोदीने  ले गरेको यो अध्ययनपछी नोदीनेटका प्रवक्ता यस प्रकारको प्रतिवेदनबाट निकै दुखीत छन् । प्रवक्ता तथा बाल मनोचिकित्सक डा. रिचर्ड वुल्फ्सनले अभिभावकले बच्चाहरूको इन्टरनेटमा गर्ने कार्यका बारेमा विचार पुर्याउनुपर्ने बताएका छन् । बच्चाहरू निकै कम उमेरमा सामाजिक सञ्जालमा आउने र सामाजिक सञ्जालमा केहि यस्ता कुराहरू पनि देखिने गर्छ जसका लागि उनीहरू मानसिक रूपमा तयार नै छैनन् । यसले खतरा झन् बढाउने उनको धारणा छ ।

उनले अभिभावकले सामाजिक सञ्जालमा भएका राम्रा र नराम्रा कुराहरुको बारेमा आफ्ना बच्चाहरूलाई बारम्बार सचेत गराउनुपर्ने बताएका छन् । उनीहरूसँग सकेसम्म सामाजिक सञ्जालका बारेमा धेरै कुरा गर्ने र उनीहरूसँग घूलमिल हुँदा उनीहरू पनि खुलेर कुरा गर्ने अवस्थामा पुग्ने बताएका छन् ।

0 comments for "फेसबुकका यो गोप्य तथ्य :थाहा पाई राखौ"

Leave a reply

DineshTamang.com.np भ्रमण गर्नु भएकोमा यहाँहरु लाई मुरी-मुरी धन्यवाद् छ। कृपया फेरिपनी DineshTamang.com.np चियाउदै गर्नुहोला। तपाईंको दिनहरु सधैं शुभ-रहोस्। धन्यवाद् ।

Sorry

Enter your email address:

Most Popular

Search In This Blog

Popular Posts

Tag Cloud

Recent News