Nepal Flag
"Would you Like to Post any thing related to This blog you can send E-mail to me guidedinesh@gmail.com or dinesh_tamang33@yahoo.com"तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः guidedinesh@gmail.com or dinesh_tamang33@yahoo.comतपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

बिसे नगर्चीको बयान



मालिक !
यो गोरखा राज्यमा
अर्ढाई सय वर्षछि बौलाएँ
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोई मेरो पैताला कहाँनिर -
कहाँनिर बिसे नगर्ची -
मालिक !
बौलाएँ

मैले महाराजको सेवा गर्नुपर्ने
इतिहासको रक्षा गर्न
यो गोरखकालीको पाउ छोएर
नुनको सोझाो हुनुपर्ने
अर्ढाई सय वर्षछि आज के भयो मलाई -
यो बिसेलाई दशा लाग्यो मालिक !
बौलाएँ

नाथे मेरी स्वास्नी हो मारिएकी
नाथे मेरी छोरी हो बलात्कृत भएकी
नाथे यो बिसेको झाुप्रो हो जलाइएको
यत्तिमै यो बिसे उप्रिmनृुपर्ने - थुइक्क बिसे...
बौलाएँ मालिक !
बौलाएँ

मेरो हात भाँचियो
अब हजुरका भारदारहरूलाई
लवेदा सिउन सक्तिनँ
नर्सिङ्गा फुक्न/सनाई बजाउन
अथवा कुनै मङ्गलगान
वा मृत्युगीत गाउन सक्तिनँ
मेरो खुट्टा भाँचियो
अब हजुरको राज्यको पहरा गर्न सक्तिनँ
मेरो दिमागै ठीकमा छैन
अब ठिक्कले बोल्न सक्तिन
मालिक ! बौलाएँ

मालिक !
यो गोरखा राज्यअघि उभिएका
हिजोका ती अग्लाअग्ला पहाडहरू
आज कसरी यस्तरी होचाहोचा भए -
हिजोका सग्ला कल्कलाउँदा
यहाँका मानिसहरू
आज कसरी यस्तरी खुनी कुरुप भए -
यो दरौदी किन उल्टो बगेको देख्छु -
यो दरबारै किन खण्डहरजस्तो देख्छु -
बौलाएँ मालिक ! बौलाएँ

मालिक !
हजुरको तरबारले
टाउको काट्छ कि फूल -
भ्रममा परें
हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे -
भ्रममा परें
यस राज्यलाई प्रजाले बनायो कि राजाले
भ्रममा परें
अर्ढाई सय वर्षेखि तपाईसमक्ष छु मालिक !
कसरी आतङ्ककारी हुनसक्छु -
केवल बौलाएँ मालिक !
बौलाएँ

हो मैले मालिकको दिव्योपदेश पालन गरिनँ हुँला
रक्सी खाएर
यो देश मैले पनि आर्जेको छु भने हुँला
भानुभक्त बाजेको गीत मेरो सियो बराबर हो भनें हुँला
मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई
मेरो नाङ्गो आङ देखाएँ हुँला
बौलाएपछि मैले मेरै भगवान्लाई पनि गाली गरें हुँला
मालिक !
मान्छे बौलाएपछि आफैंसित पनि निहँु खोज्दोरहेछ
अर्ढाई सय वर्षेखि मैले तुनेका थाङ्नामा हर्ुर्केका
मेरा दरसन्तानहरू कहाँकहाँ पुगे -
मैले खोज्न चाहें हुँला
मेरा औंलामा खोपिएका छ्यान्द्रा
बगेका रगतहरूले मलाई उक्साए
तरबारले आर्जेको मुलुकभन्दा
मैले धागोले उनेको मुलुक विशाल ठानें हुँला
मालिक !
यस माटोको इतिहाससँगै हजुरको
राष्ट्रमा छु
कसरी अराष्ट्रिय हुनसक्छु -
साँच्चै बौलाएँ मालिक !
साँच्चै बौलाएँ

मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोई मेरो पैताला कहाँनिर -
कहाँनिर बिसे नगर्ची -
मालिक ! बौलाएँ
By: श्रवण मुकारुङ  

0 comments for "बिसे नगर्चीको बयान"

Leave a reply

DineshTamang.com.np भ्रमण गर्नु भएकोमा यहाँहरु लाई मुरी-मुरी धन्यवाद् छ। कृपया फेरिपनी DineshTamang.com.np चियाउदै गर्नुहोला। तपाईंको दिनहरु सधैं शुभ-रहोस्। धन्यवाद् ।

Sorry

Enter your email address:

Most Popular

Search In This Blog

Popular Posts

Tag Cloud

Recent News