Nepal Flag
"Would you Like to Post any thing related to This blog you can send E-mail to me guidedinesh@gmail.com or dinesh_tamang33@yahoo.com"तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः guidedinesh@gmail.com or dinesh_tamang33@yahoo.comतपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

यूट्यूबका रोचक आठ ट्रिक्स, एक चोटी ट्राइ गर्नस्


यूट्यूबका रोचक आठ ट्रिक्स, एक चोटी ट्राइ गर्नस्
यूट्यूब नचलाउने इन्टरनेट प्रयोगकर्ता आजकाल कमै होलान् । तर, यूट्यूबका कतिपय ‘ट्रिक’हरु धेरैका लागि नौला हुनसक्छन् । यहाँ केहि रोचक ट्रिकहरु प्रस्तुत गरिएको छ, जुन तपाईंलाई काम लाग्न सक्छन् :
१. कुनै सफ्टवेयरबिना यूट्यूबबाट भिडीयो कम्प्युटरमा डाउनलोड सकिन्छ । यूट्यूबबाट MP3 फाइलहरु पनि डाउनलोड गर्न सकिन्छ । तपार्इले खाली URL हल्का परिवर्तन गर्नुपर्छ ।
कुनै पनि भिडियो डाउनलोड गर्नका लागि URL को अगाडि PWN लेख्नु पर्छ । यसभन्दा अघि URL बाट http:// हटाएको हुनुपर्छ ।
उदाहरण :
https://www.youtube.com/watch?v=9aMYvNCXA_I
यसको URL यस्तो बन्ने छ :
२. यूट्यूबको सर्च बक्समा ‘Use the force Luke’ टाइप गर्नुस् र Enter थिच्नुस् । तपाईंको यूट्यूब पेजले बिचित्रको व्यवहार गर्न थाल्छ ।
३.यूट्यूबको सर्च बक्समा Beam me up Scotty टाइप गरेर इन्टर हान्नुस् । यूट्यूबको स्क्रिन नै अर्कै देखिन थाल्छ ।
४. तपाईंलाई थाहा नहुन सक्छ, यूट्यूबमा केहि सर्टकटहरु पनि हुन्छन्, जस्तै
– भिडियो प्ले हुँदा किबोर्डमा J थिच्नुभयो भने १० सेकेन्ड भिडियो रिवाइन्ड हुन्छ ।
– भिडियो प्ले हुँदा K किबोर्डमा  थिच्नुभयो भने भिडियो पज हुन्छ, पज भएको अवस्थामा प्ले हुन्छ ।
– भिडियो प्ले भइरहेको बेला किबोर्डमा L थिच्नुभयो भने भिडियो १० सेकेन्ड फरवार्ड हुन्छ
– भिडियो प्ले भइरहेको बेला M थिच्नुभयो भने भिडियो म्युट हुन्छ ।
५. यूट्यूबको सर्च बक्समा टाइप doge meme  टाइप गरेर इन्टर हान्नुस्, तपाईंको पेज कलरफुल बन्छ ।
६. यदि तपाईं कुनै यूट्यूव भिडियोबाट GIF बनाउन चाहनुहुन्छ भने यो पनि गर्न सकिन्छ । यसका लागि तपाईंले WWW / YouTube को बीचमा gif टाइप गर्नुस् । यसरी १ सेकेन्डदेखि १५ सेकेन्डसम्मको gif इमेज बनाउन सकिन्छ ।
७. मानौं तपाईं यूट्यूवमा कुनै भिडियो सुरुदेखि हेर्न चाहनुहुन्न । यसलाई कुनै निश्चित अवधिपछि मात्रै हेर्न चाहनुहुन्छ भने तपाईं टाइम सेट गर्न सक्नुहुन्छ ।
मानौं कुनै ६ मिनेटको भिडियो छ र तपाईं यसलाई १ मिनेट २ सेकेण्डपछि हेर्न चाहनुहुन्छ भने तपाईंले यूट्यूबको URL मा #t=1m2s टाइप गर्नुपर्ने हुन्छ ।
उदाहरण
https://www.youtube.com/watch?v=9aMYvNCXA_I
यसको URL यस्तो बन्ने छ
८. कुनै पनि भिडियोलाई केवल आवाजको रुपमा मात्रै डाउनलोड गर्न चाहनुहुन्छ भने त्यसका URL मा www र YouTube को बीचमा l टाइप गर्नुपर्छ ।

0 comments for "यूट्यूबका रोचक आठ ट्रिक्स, एक चोटी ट्राइ गर्नस्"

Leave a reply

DineshTamang.com.np भ्रमण गर्नु भएकोमा यहाँहरु लाई मुरी-मुरी धन्यवाद् छ। कृपया फेरिपनी DineshTamang.com.np चियाउदै गर्नुहोला। तपाईंको दिनहरु सधैं शुभ-रहोस्। धन्यवाद् ।

Sorry

Enter your email address:

Most Popular

Search In This Blog

Popular Posts

Tag Cloud

Recent News